1. विश्व सिमसार दिवस नेपालमा कहिले देखि मनाउन थालिएको हो ?
A) 1998 B) 1199 C) 1997 D) 1990
2. नेपालको पहिलो इतिहासकार भनेर कसलाई चिनिन्छ ?
A. अंशुवर्मा B. राम शाह C. मानदेव D. जयदेव द्धितीय
3. ७ औ कृषि गणना, २०७८ अनुसार तलका भनाई विचार गरि सहि विकल्प छनौट गर्नुहोस् ।
क) सिंचाई सुविधा भएको जमिन ५६.५ प्रतिशत रहेको छ ।
ख) सिंचाई सुविधा भएको परिवार ७० प्रतिशत रहेको छ ।
A. क मात्र ठिक B. ख मात्र ठिक C. दुबै बेठिक D. दुबै ठिक
4. चाल्र्स डार्बिनले विज्ञान र विकासको कम अध्ययन गर्ने क्रममा कुन टापुलाई अध्ययनको क्षेत्र बनाएका थिए ?
A. कामाचात्मा अर्किपेलाके B. वाफन आईल्याण्ड
C. सुन्दखन डेल्टा D. ग्यालापागोस आईल्याण्ड
5. सैनामैना धार्मिक स्थल रुपन्देहिमा अवस्थित छ भने मैनामैनी कहाँ अवस्थित छ ?
A. उदयपुर B. पर्सा C. बारा D. चितवन
6. सन् 2025 मा ISO 27001:2022 प्रमाणपत्र प्राप्त गर्न सफल नेपाली बैंक कुन हो ?
A) Nabil Bank B) Kumari Bank C) Siddhartha Bank D) Global IME Bank
7. सार्कका अंगहरु सम्बन्धि जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. राष्ट्र तथा सरकार प्रमुखहरुको बैंठक 1. सचिवहरु सहभागी हुने व्यवस्था
b. मन्त्रिपरिषद 2. ठूलो अंग
c. स्थायी समिति 3. कार्यकारी अंग
d. प्राविधिक समितिहरु 4.आफ्नो वार्षिक प्रतिवेदन बुझाउने
A) a1,b2,c3,d4 B) a2,b3,c1,d4
C) a3,b4,c1,d2 D) a4,b3,c1,d2
8. भारत र पाकिस्तान बीच निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?
A. १७ प्यारालाल B. हिन्डेनवर्ग लाइन C. रेडक्लिफ लाइन D. ३८ प्यारालाल
9. चुच्चे (लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको) नक्सा नेपालले कहिले सार्वजनिक गरेको हो ?
A. वि.सं.२०७७ जेठ ७ गते B. वि.सं. २०७७ मंसिर ७ गते
C. वि.सं.२०७७ असार ७ गते D. वि.सं. २०७७ जेठ १५ गते
10. सन् २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
A. मेरी ब्रन्को, फ्रेड ¥याम्स्डेल र सिमोन साकागुची B. मेरी ब्रन्को, माईकल डेभोरेट र जोन मार्टिनिस
C. जोन क्लार्क, माईकल डेभोरेट र जोन मार्टिनिस D. फ्रेड ¥याम्स्डेल र सिमोन साकागुची र जोन मार्टिनिस
11. पृथ्वीको परिभ्रमणबाट सृजित असर सम्बन्धमा देहायका कथनहरुबारे विचार गरी कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
१) दिन र रात हुनु तथा पूर्वको समय छिटो र पश्चिमको समय ढिलो हुनु,
२) ध्रुवीय खण्ड थेप्चिनु र भू–मध्य रेखिय खण्ड फुक्नु तथा सूर्य, चन्द्र र तारा पूर्वमा उदाई पश्चिममा अस्ताउनु,
३) वायु तथा समुन्द्री धारको दिशा उत्तरी गोलाद्र्धमा दायाँ तिर र दक्षिणी गोलाद्र्धमा बायाँतिर हुनु ।
A. १ र ३ ठीक २ बेठीक B. १ र २ ठीक ३ बेठीक C. सबै ठीक D. सबै बेठीक
12. साइनाइ पहाड कुन देशमा पर्दछ?
A. ईजिप्ट B.रसिया C.जापान D.ब्राजिल
13. नेपाललाई प्रथम पटक कुन संविधानले हिन्दु राज्य घोषणा गरेको थियो ?
A. नेपालको वैधानिक कानून, २००४ B. नेपालको संविधान, २०१९
C. नेपालअधिराज्यको संविधान, २०१५ D. अन्तरिम शासनविधा, २००७
14. लिच्छविकालीन शासकले नेपालमा शासन गरेको समयको क्रम पहिलोबाट पछिल्लो कुन सही हो ?
A. मानदेव, अंशुवर्मा, गुणकामदेव, नरेन्द्रदेव र प्रचण्डदेव
B. गुणकामदेव, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव र प्रचण्डदेव
C. अंशुवर्मा, मानदेव, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव
D. मानदेव, अंशुवर्मा, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव
15.“रुसो नभएको हो भने फ्रान्समा क्रान्ति” हुने थिएन् यो भनाई कुन व्यक्ति सँग सम्बन्धित रहेको छ ?
A. लुई चौधौ B. नेपोलियन बोर्नापार्ट C. भोल्तेयर D. दाँते
16. तलको जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
a. वद्यदण्ड 1. जरिवाना गर्ने
b. वाकदण्ड 2. वेइजति गर्ने
c. धिकदण्ड 3. हप्काउने
d. धनदण्ड 4. अङ्गभङ्ग गर्ने
A) a-4, b-3, c-2, d-1 B) a-3, b-1, c-4, d-2
C) a-1, b-2, c-3, d-4 D) a-2, b-1, c-3, d-4
17.Earth First को अवधारणा कुन देशबाट सूरुवात भएको हो ?
a. अमेरिका B. रसिया C. स्वीजरल्याण्ड D. भारत
18.नेपालको प्रथम महिला राजदुत तलका मध्ये को हुन् ?
A. सोनी राणा B. अम्बिका प्रधान C. विन्देश्वरी शाह D. सुशिला सिंह
19. सुमेरु महासागरले छुने देशहरुको समूह कुन सहि छ ?
A. क्यानडा, नेदरल्याण्ड, पोल्याण्ड, नर्वे B. क्यानडा,नेदरल्याण्ड, आयरल्याण्ड,नर्वे
C. क्यानडा, आयरल्याण्ड, पोल्याण्ड, नर्वे D.क्यानडा, आयरल्याण्ड, पोल्याण्ड, नर्वे
20. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. टेलिफोन 1. चाल्र्स स्टोन
b. वासिङ मेसन 2. पास्कल
c. क्यालकुलेटर 3. ई.टोरिसेली
d. ब्यारोमिटर 4. अलेक्जेण्डर ग्राहम् वेल
A) a2,b3,c1,d4 B) a4,b1,c2,d3
C) a3,b4,c1,d2 D) a1,b2,c3,d4
उत्तरः
1. C 11. C
2. D 12. A
3. C 13. B
4. D 14. D
5. A 15. B
6. A 16. A
7. B 17. A
8. C 18. C
9. A 19. B
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100