‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’: हर्क साम्पाङ - Chaitanya News
  • 2026-08-26
  • 00:04:30
  • मंगलबार,भाद्र ०९, २०८३
  • ‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’: हर्क साम्पाङ

    ‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’: हर्क साम्पाङ

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने हो भने आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन्।

    आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखसँग माग गरेका हुन्। यदि त्यसो गर्न नसकिने हो भने नियम ३१ को उपनियम (१) प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न उनको माग छ।

    साम्पाङले भने, ‘यहाँले प्रतिनिधिसभा नियमावलीको नियम १५ को (२) अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को ९१० लागू गरेर मलाई यो सदनबाट निष्कासन गरेर सदनको गरिमा बढाइदिनुहुन माग गर्दछु।’

    साम्पाङले प्रधानमन्त्री अनुपस्थित हुँदा सदनको गरिमा कायम हुन नसक्ने टिप्पणी पनि गरेका छन्।