काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु - Chaitanya News
  • 2026-05-24
  • 14:38:25
  • आइतबार,जेठ १०, २०८३
  • काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु

    काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु

    काठमाडौँ– नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम केन्द्रित प्रदेशस्तरीय भेला धनगढीस्थित सौराई स्क्वायरमा सुरु गरेको छ।

    कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको छ। भेलास्थलमा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ उल्लेख गरिएको ब्यानर राखिएको छ।

    कार्यक्रममा रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत तथा केदार कार्की लगायत काँग्रेसका नेताहरूको उपस्थिति रहेको छ। भेलामा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।