काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन्।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उस्तो बताएका हुन्। उनले आफूहरूले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरू सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे।
उनले भने ,‘नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने ,उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन। हाम्रो जोडदार माग छ। यो सदन र जनताप्रति सरकार जबाफदेही हुँनैपर्छ। जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ रुप्रश्नको उत्तर दिने उहाँहरूको कर्तव्य हो। त्यो कर्तव्यबाट सरकार भागेको छ।’