1. नेपालको कुन संविधान ३ पटक संशोधन भएको थियो ?
A.नेपाल सरकारको वैधानिक कानून,२००४ B. नेपालको अन्तरिम शासन विधान,२००७
C.नेपालको संविधान, २०१९ D. नेपाल अधिराज्यको संविधान, २०४७
2. राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कहिले भयो ?
A. वि.सं. २०५३ B. वि.सं. २०५६ C. वि.सं. २०५७ D. वि.सं. २०५९
3. संविधानको धारा २८४ अनुसार गठन गर्न सकिने संवैधानिक परिषदमा देहायका मध्ये को सदस्य रहने छैन् ?
A. प्रतिनिधि सभामुख B. राष्ट्रिय सभा उपाध्यक्ष C. राष्ट्रिय अध्यक्ष D. प्रतिनिधि सभाका उपसभामुख
4. नेपालमा वातावरण सम्बन्धि विषय सर्वप्रथम कुन आवधिक योजनामा समावेश भएको थियो ?
A. पाँचौ B. छैटो C. सातौ D. आठौँ
5. संरक्षण क्षेत्र सम्बन्धि जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. अन्नपुर्ण 1. बर्दिया
b. कञ्चनजंघा 2. कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ
c. मनास्लु 3. बाँके
d. कृष्णसार 4. गोरखा
5. ताप्लेजुङ
A) a2,b1,c3,d5 B) a1,b5,c4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
6. सार्क राष्ट्रहरूको मुख्य उद्देश्य के हो?
A) सैन्य गठबन्धन बनाउनु B) आर्थिक र क्षेत्रीय सहयोग
C) व्यापारिक प्रतिस्पर्धा D) धर्म प्रचार गर्नु
7.”The book of Compassion” का लेखक तलका मध्ये को हुन् ?
A. कैलाश सत्यार्थी B. दलाई लामा C. हाङ काङ D. a र b दुवै
8. नेपाली साहित्यकार र प्रमुख कृतिहरु बिच जोडा मिलाउनुहोस् ।
साहित्यकार पुस्तक
a.माधव प्रसाद घिमिरे 1.कर्मणा
b.झमक कुमारी घिमिरे 2.आफ्नै बाँसुरी आफ्नै गीत
c.लक्ष्मी प्रसाद देवकोटा 3.मुकुन्द ईन्दिरा
d.बालकृष्ण सम 4.रावण जटायु युद्ध
A) a4,b1,c2,d3 B) a2,b1,c3,d4 C) a2,b1,c4,d3 D) a1,b2,c4,d3
9. १६ औ योजनाको अन्त्य सम्ममा नेपालमा बेरुजुलाई कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
A. ५ प्रतिशत B. ७ प्रतिशत C. ९ प्रतिशत D. ११ प्रतिशत
10. नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानीको स्वीकृति कुन निकायले दिने व्यवस्था छ ?
A) लगानी बोर्ड B) उद्योग मन्त्रालय C) औद्योगिक प्रर्वद्धन बोर्ड D) अर्थ मन्त्रालय
11.नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ?
A) 1996 BS B) 1993 BS C) 1997 BS D) 1998 BS
12. जोडा मिलान गरि कोडबाट सहि उत्तर पहिचान गर्नुहोस् ।
a. पावरलुम i.जेम्स वाट
b. स्टिम ईन्जिन ii.रिचर्ड आर्कराईट
c. वाटरफ्रेम iii.एडमण्ड कार्टराईट
d. धागो काट्ने मेसिन iv.जेम्म हार हारग्रिब्स
A) aiii, bi, cii, div B) aiii, bi, civ, dii
C) aiv, bi, ciii, dii D) aii, bi, civ, diii
13. बेलायतको संसद वेष्ट मिनिस्टर भवनमा सम्बोधन गर्ने पहिलो नेपाली संघीय संसदको सदस्य को हुन् ?
A. शाशांक कोईरला B. शेखर कोईरला C. शेर ब. देउवा D. विमलेन्द्र निधी
14. झाँगड जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
A. आग्नेली B. भोट–बर्मेली C. द्रविड D. भारोपोली
15. नेपाल राष्ट्रिय योजना आयोगले सन् २०३० सम्ममा वन क्षेत्र कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?
A. ४५.५ प्रतिशत B. ५० प्रतिशत C. ६० प्रतिशत D. ४५ प्रतिशत
16. तल दिइएका भनाईहरु विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
i. पृथ्वीको सबैभन्दा लामो दिन – June 21
ii.पृथ्वीको सबैभन्दा छोटो दिन – Dec.22
iii.पृथ्वीमा दिन र रात बराबर हुने दिन – March 21
A. i, ii सही iii गलत B) i, ii, iii सही C) i,ii गलत iiiसहि D) i,ii, iii गलत
17. सिम्री दह ताल सुर्खेत जिल्लामा पर्दछ भने रामसार ताल कुन जिल्लामा पर्दछ ?
A. तेह्रथुम B. नवलपुर C. रुपन्देही D. धनुषा
18. सर्वप्रथम क्यालेन्डर प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
A. डेनमार्क B. फ्रान्स C. चीन D. ईजिप्ट
19. शक्तिशाली पासपोर्ट सूची २०२६ मा नेपाली कति औ स्थानमा रहेको छ ?
A) 102 औ B) 96 औ C) 98 औ D) 105 औ
20. संघ, प्रदेश र स्थानीय तहवीचको अन्तरसम्बन्धको व्यवस्था कति भागमा गरिएको छ ?
A. भाग १९ B. भाग २० C. भाग २५ D. भाग २६
उत्तरः
1. C 11. A
2. C 12. A
3. B 13. B
4. D 14. C
5. D 15. D
6. B 16. B
7. D 17. D
8. C18. D
9. A 19. B
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 79