जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित - Chaitanya News
  • 2026-04-25
  • 07:44:42
  • शनिबार,बैशाख १२, २०८३
  • जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

    जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

    काठमाडौँ– जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन् ।

    शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारेका छन् । राप्रपाको यो पहिलो जित हो ।