निर्वाचित भएपछि रञ्जु दर्शनाले भनिन् : ‘यो विजय देशको परिवर्तन पक्षको हो’ - Chaitanya News
  • 2026-04-25
  • 21:14:17
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचित भएपछि रञ्जु दर्शनाले भनिन् : ‘यो विजय देशको परिवर्तन पक्षको हो’

    निर्वाचित भएपछि रञ्जु दर्शनाले भनिन् : ‘यो विजय देशको परिवर्तन पक्षको हो’

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ–१ मा सांसद निर्वाचित भएकी रञ्जु दर्शनाले देशको परिवर्तनको पक्षमा जित भएको बताएकी छन् ।

    निर्वाचनमा पहिलो विजयी घोषित भएकी उनले फेसबुकमार्फत सबै मतदाताहरूप्रति आभार प्रकट गरेकी छन् ।

    भारी मतका साथ विजयी भएकी दर्शनाले लेख्छिन्, ‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’आमा बनेको ११ दिनपछि नै रञ्जुलाई राजनीतिक जीवनमा सफलता मिलेको छ ।

    रञ्जु आज आफ्नो छोराको न्वारन पनि गरिरहेकी छन् । न्वारन सकेर बानेश्वरस्थित सहकारी विभागमा विजयोत्सवका लागि उपस्थित हुने उनले बताएकी छन् । त्यहीँ भेटौँ है।’