हुम्ला–१ माअहिलेसम्म ७ हजार ३ सय ९३ मत खस्यो - Chaitanya News
  • 2026-04-25
  • 14:01:02
  • शनिबार,बैशाख १२, २०८३
  • हुम्ला–१ माअहिलेसम्म ७ हजार ३ सय ९३ मत खस्यो

    हुम्ला–१ माअहिलेसम्म ७ हजार ३ सय ९३ मत खस्यो

    काठमाडौँ– हुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म ७ हजार ३ सय ९३ मत खसेको छ।

    २०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा ५८ मतदान स्थल र ६० मतदान केन्द्र रहेका थिए। यस पटक भने चार वटा मतदान केन्द्र थपिएका छन्।

    निर्वाचन कार्यालयका अनुसार हुम्ला–१ मा कुल ३३ हजार ९ सय मतदाता रहेका छन्।

    निर्वाचन अधिकृतका अनुसार जिल्लामा हालसम्म शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।