सुरक्षाका दृष्टिकोणले कर्णालीका तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील - Chaitanya News
  • 2026-04-25
  • 19:16:49
  • शनिबार,बैशाख १२, २०८३
  • सुरक्षाका दृष्टिकोणले कर्णालीका तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    सुरक्षाका दृष्टिकोणले कर्णालीका तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    काँक्रेविहार (सुर्खेत)– आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।

    प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेका छन् ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार, प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेको सापकोटाले जानकारी दिए। यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन्। संवेदशीलमा ६९७ र सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन्।

    एउटा मात्र केन्द्र भएको स्थलको सङ्ख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको सङ्ख्या १२, पाँच केन्द्र भएको स्थलको सङ्ख्या एक, छ केन्द्र भएको स्थल एक रहेको छ। एक केन्द्र भएको अस्थायी स्थलको सङ्ख्या १८, थप मतदान केन्द्रको सङ्ख्या ४९६ रहेका छन्।

    कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्। सुर्खेत र दैलेखमा दुईरदुई वटा र अन्य आठ जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र छन्। प्रदेशमा कुल मतदाना सङ्ख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन्।