आइसिसी टी–२० विश्वकपः इंग्ल्याण्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल - Chaitanya News
  • 2026-04-27
  • 20:12:54
  • सोमबार,बैशाख १४, २०८३
  • आइसिसी टी–२० विश्वकपः इंग्ल्याण्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

    आइसिसी टी–२० विश्वकपः इंग्ल्याण्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ– आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ। मुम्बईको वानखेडे स्टेडियममा केहि बेरपछि नेपाल र इंग्ल्याण्डबीचको खेल हुनेछ। खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

    टस जितेको इंग्ल्याण्डले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। नेपालको प्ल‍ेइङ–११ मा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन्।

    सोमपाल कामी भने पहिलो खेलमा बेन्चमा बस्ने भएका छन्।