काठमाडौँ– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले नेपालमा नीतिगत सुधार गर्न प्रक्रिया जटिल रहेको बताएका छन्।
आज (आइतबार) कार्बन व्यापारसम्बन्धी ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले नेपालमा नीतिगत सुधार गर्न प्रक्रिया जटिल रहेको बताएका हुन् । यस्तै, उनले नेपालमा नीतिगत सुधारको प्रक्रिया झन्झिटिलो रहेको बताए। उनले कार्बन व्यापारसम्बन्धी नीति निर्माणको प्रक्रिया शुरु भएको भएपनि हालसम्म टुंगोमा नपुगेको बताए।
नीति निर्माण प्रक्रिया सुस्त हुँदा लगानीकर्ताहरु यस क्षेत्रमा प्रवेश गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। मन्त्री चौलागाईंकाअनुसार प्रक्रियागत जटिलता र ढिलाइका कारण उच्च जोखिम लिनसक्ने सिमित समूह मात्र कार्बन बजारमा सहभागी हुनसक्ने देखिएको छ।
उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) मा यसअघि नै कार्बनसम्बन्धी केही काम भइरहेको जानकारी दिए । हाल तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान ९एनडिसी–३० को प्रतिवेदनले कार्बनको ठुलो बजार सिर्जना गरेको उनले बताए।
उनकाअनुसार एनडिसी–३ को कार्ययोजना ९एक्शन प्लान० को मस्यौदा अन्तिम चरणमा पुगेको छ। सो कार्ययोजना सार्वजनिक भएपछि त्यसकै आधारमा थप नीतिगत तथा कार्यक्रमगत काम अघि बढाउन सकिने उनले जानकारी दिए।