राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई दाहालको निर्देशन - Chaitanya News
  • 2026-04-27
  • 21:50:35
  • सोमबार,बैशाख १४, २०८३
  • राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई दाहालको निर्देशन

    राष्ट्रिय निकुञ्जसम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई दाहालको निर्देशन

    काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

    सभाको आजको बैठकमा उनले उक्त अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन गरेका छन्।

    बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल भएको थियो।

    उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीनरुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताएका थिए।