काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। यस्तै माहाशाखाका अनुसार, हिमाली भू–भागमा साधरणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।
यस्तै, आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ। तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।