काठमाडौँ– सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्ट नियुक्त भएका छन्।
आज (बुधबार) आईजी राजु अर्यालले भट्टलाई सशस्त्रको प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन्।
यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापा सशस्त्र प्रहरी बलको नम्बर–१ बराह बाहिनीमा सरुवा भएका थिए। भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए।