काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ।
यस्तै, आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधरणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, महाशाखाका अनुसार, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।