अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न आयोगको अनुरोध - Chaitanya News
  • 2026-04-26
  • 18:50:52
  • आइतबार,बैशाख १३, २०८३
  • अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न आयोगको अनुरोध

    अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न आयोगको अनुरोध

    काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुरोध गरेको छ।

    आज (मंगलबार) आयोगले आज कार्यसर्त बमोजिम निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कार्य गर्दा “निर्वाचन आयोग, नेपाल निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२” लेखिएको छाप प्रयोग गर्न अनुरोध गरेको हो।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले आयोगको मिति माघ ९ गतेको निर्णयअनुसार आवश्यक कार्य सर्तहरू तोकी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको पनि आयोगले जनाएको छ।