नेकपाले टुङ्ग्यायो उम्मेदवार, झलनाथ र बामदेव परेनन् हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-22
  • 05:17:42
  • आइतबार,आषाढ ०७, २०८३
  • नेकपाले टुङ्ग्यायो उम्मेदवार, झलनाथ र बामदेव परेनन् हेर्नुहोस् सूची

    नेकपाले टुङ्ग्यायो उम्मेदवार, झलनाथ र बामदेव परेनन् हेर्नुहोस् सूची

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।

    यसपटक उम्मेदवार छनोट हुनेमा अधिकांश नयाँ अनुहारका छन्। संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालदेखि पार्टीका पार्टीका पुराना वरिष्ठ नेताहरू समेत रहेका छन्।

    पूर्वप्रधानमन्त्री प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । अर्का पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ बाट उम्मेदवार बनेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई नेकपाले उम्मेदवार बनाएको छैन।