पूर्णबहादुर खड्काले भने: ‘गगन र विश्वले धोका दिए, पार्टी फुटतिर गयो’ - Chaitanya News
  • 2026-05-06
  • 13:24:28
  • बुधबार,बैशाख २३, २०८३
  • पूर्णबहादुर खड्काले भने: ‘गगन र विश्वले धोका दिए, पार्टी फुटतिर गयो’

    पूर्णबहादुर खड्काले भने: ‘गगन र विश्वले धोका दिए, पार्टी फुटतिर गयो’

    काठमाडौँ– नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताएका छन् ।

    आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताएका हुन्।

    ‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो। सल्लाह अनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन,’ उनले भने, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो। उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो।’

    त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनमा धकेलिएको बताएका छन्।

    ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक संन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो। यसमा केही विषय मिल्नै नसक्ने खालका भए।’