दुई संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ? - Chaitanya News
  • 2026-06-23
  • 02:40:01
  • सोमबार,आषाढ ०८, २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    दुई संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौँ– आज (बुधबार) राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्ने तय भएको छ।

    जसअनुसार, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसुचि रहेको छ ।

    त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–२०८२ सम्बन्धमा छलफल हुने संसदीय समितिको सचिवालयले जनाएको छ। बैठक दिउँसो १ बजे बस्नेछ ।