काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको बताएका छन्।
पार्टीको महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको र कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने स्पष्ट पारेका हुन्।
कोइरालाले विभाजनबाहेक सबै शर्त र विकल्पमा छलफल गर्न आव्हान गर्ने बताइएको छ।
विशेष महाधिवेशनका लागि काठमाडौँ आएका प्रतिनिधि पनि काँग्रेसजन नै भएको भन्दै उनीहरूको भावनालाई बेवास्ता गर्न नहुने तर्कसहित समस्या समाधानको पहलका लागि नेतृत्वलाई अनुरोध गर्ने भएका छन्।