‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउने प्रयत्न गर्दागर्दै अप्रत्याशित परिस्थिति आयो’: ओली - Chaitanya News
  • 2026-05-06
  • 17:32:02
  • बुधबार,बैशाख २३, २०८३
  • ‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउने प्रयत्न गर्दागर्दै अप्रत्याशित परिस्थिति आयो’: ओली

    ‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउने प्रयत्न गर्दागर्दै अप्रत्याशित परिस्थिति आयो’: ओली

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउने प्रयत्न गर्दागर्दै अप्रत्याशित परिस्थिति आएको जिकार गरेका छन्।

    आज (बुधबार) नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै चुनौतीका बीचमा पनि काम अघि बढाउँदै गर्दा अप्रत्याशित परिस्थिति आएको बताए।

    उनले भने, ‘हामीले देशलाई जोगाएर ल्याएका छौँ। सबैलाई थाहा छ एमालेको दृष्टिकोण र अडान स्पष्ट छ। यो निरन्तर जारी रहन्छ। राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा।’ अहिले देशलाई जातजाति, भूगोल र भाषा(भाषामा फुटाउने प्रयास भइरहेको बताए।