विराटनगर– कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समाराहकाबीच नयाँ मन्त्रीहरुले शपथ लिएका हुन्। जसअनुसार काँग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु, उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ रहेका छन्।
यस्तै एमालेबाट खानेपानी मन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिला मन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिला खमन्त्रीमा विदुर कुमार लिंथेप र सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतोले शपथ लिएका छन् । आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतमले शपथ लिए।