काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा)नेपाल बिच सहमति हुने करिब निश्चित भएको छ।
कांग्रेस–एमालेले ७–७, नेकपाले ३ र जसपाले १ सिट लिनेगरी तालमेल गर्ने तयारी अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। संख्यामा लगभग टुंगिएको छ,’ तालमेलका लागि भइरहेका वार्तामा सहभागी भइरहेका लेखकले भने, ‘क्लस्टर टुंगिन बाँकी छ ।’
लेखकले साँझसम्म सबै विषय टुंग्याइने जानकारी दिए। संख्यामा नेकपा र जसपाले चित्त बुझाइनसकेको लेखकले बताए
कांग्रेसले ८ सिट मागे पनि ७ सिटमा चित्त बुझाएकाले नेकपालाई पनि चित्त बुझाउन नेताहरूले आग्रह गरिरहेका छन् । नेकपाले ४ र जसपाले दुई सिट मागिरहेको लेखकले बताए।