ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन - Chaitanya News
  • 2026-05-06
  • 18:23:50
  • बुधबार,बैशाख २३, २०८३
  • ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन

    ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र आफै लेख्ने भएका छन्।

    आज (मंगलबार) च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले बताए।

    कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको उनले बताएका छन्।