मधेश प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै - Chaitanya News
  • 2026-06-23
  • 03:53:09
  • सोमबार,आषाढ ०८, २०८३
  • मधेश प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै

    मधेश प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै

    काठमाडौँ– मधेश प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज (बुधबार) मधेश प्रदेश सरकारले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै छ। गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

    आफ्नै दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको बताइएको छ। आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर शपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ।