काठमाडौँ– निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन्। आज (मंगलबार) बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन्।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो।
निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ।