रास्वपाले बुझायो आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची, को–को भए समावेश ? - Chaitanya News
  • 2026-06-23
  • 03:53:12
  • सोमबार,आषाढ ०८, २०८३
  • रास्वपाले बुझायो आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची, को–को भए समावेश ?

    रास्वपाले बुझायो आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची, को–को भए समावेश ?

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। रास्वपाले सीट बाँडफाँटमा सबैलाई समेट्दै सोमबार रातिसम्म बन्द सूची बुझाएको हो। सूचीमा चर्चित गायक प्रकाश सपुतदेखि जेन जेड फिल्म निर्माण आसिफ साहसम्म समेटिएका छन्।

    आइतबार र सोमबार समानुपातिक सूची बुझाउने दिन तोकिएकोमा कुल ६४ दलले बन्द सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ५४ वटा दलले आ–आफ्नो चुनाव चिह्न कायम रहने गरी सूची बुझाएका छन्।