यस्तो छ जाँचबुझ आयोगमा रमेश लेखकले पेस गरेको लिखित जवाफ, हेर्नुहोस् पूर्णपाठ - Chaitanya News
  • 2026-05-06
  • 22:54:45
  • बुधबार,बैशाख २३, २०८३
  • यस्तो छ जाँचबुझ आयोगमा रमेश लेखकले पेस गरेको लिखित जवाफ, हेर्नुहोस् पूर्णपाठ

    यस्तो छ जाँचबुझ आयोगमा रमेश लेखकले पेस गरेको लिखित जवाफ, हेर्नुहोस् पूर्णपाठ

    काठमाडौँ– नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन्। उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रूपमा तयार पारेको जवाफ पनि पेस गरेका छन्।

    आज (सोमबार) साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिएका छन्।

    उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताएका छन्।