प्रतिनिधि सभा निर्वाचनका: समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन - Chaitanya News
  • 2026-06-23
  • 06:10:21
  • मंगलबार,आषाढ ०९, २०८३
  • प्रतिनिधि सभा निर्वाचनका: समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

    प्रतिनिधि सभा निर्वाचनका: समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

    काठमाडौँ– आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ।

    निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो।

    पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ .। केही दलहरूले आइतबार नै बन्द सूची पेश गरिसकेका छन्।

    नेपाली काँग्रेस, नेकपा (एमाले( नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रमुख दलहरू बन्द सूची टुङ्ग्याउन आन्तरिक गृहकार्यमै छन्। आयोगले दलहरूलाई ऐनले तोकेको विधि, प्रक्रिया पुर्‍याएर क्लस्टर मिलाएर सूची पेश गर्न आग्रह गरेको छ।