‘प्रचण्ड’–माधव र झलनाथसँग भेटेर रन्जिताले गरिन् चुनावी तालमेलबारे संवाद - Chaitanya News
  • 2026-10-09
  • 21:31:37
  • शुक्रबार,आश्विन २३, २०८३
  • ‘प्रचण्ड’–माधव र झलनाथसँग भेटेर रन्जिताले गरिन् चुनावी तालमेलबारे संवाद

    ‘प्रचण्ड’–माधव र झलनाथसँग भेटेर रन्जिताले गरिन् चुनावी तालमेलबारे संवाद

    काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालसँग पार्टी एकताको चर्चा चलिरहेका बेला नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेकी छन्।

    पेरिसडाँडामा आयोजित भेटमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग रन्जिताले संवाद गरेकी हुन्।

    भेटमा आगामी निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा छलफल भएको जनाइएको छ।