चुनावी प्रचारमा १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नपाईने (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-05-06
  • 23:06:10
  • बुधबार,बैशाख २३, २०८३
  • चुनावी प्रचारमा १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नपाईने (पूर्णपाठसहित)

    चुनावी प्रचारमा १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नपाईने (पूर्णपाठसहित)

    काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ।

    आज (आइतबार) बसेको आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

    आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्‍याली, गर्दा बढीमा दश वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ। साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ।