प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि २ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन - Chaitanya News
  • 2026-04-28
  • 06:57:28
  • मंगलबार,बैशाख १५, २०८३
  • प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि २ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन

    प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि २ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन्।

    फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन्।

    आज (आइतबार) बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो। सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ।

    काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ। तर उम्मेदवार हुने भएपछि उनले २ हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन्।

    ‘केही कामहरू बाँकी छन्। दुई हप्ताभित्र सकिएला कि भन्ने छ। अब त्यो विषयमा त्यहाँको प्राविधिक विषयहरू र राजनीतिक रूपमा पनि हेरेर एउटा उचित समयमा हुन्छ। त्यो भनेको दुई हप्ता जस्तो नै हो।’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने।