हर्क साम्पाङले: भने श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन - Chaitanya News
  • 2026-05-07
  • 00:00:46
  • बुधबार,बैशाख २३, २०८३
  • हर्क साम्पाङले: भने श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन

    हर्क साम्पाङले: भने श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन

    काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने बताएका छन् ।

    आज (आइतबार) सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।

    ‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ। श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ। यो देशको ढुंगाको, माटोको राजनीति गर्छ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो।

    उनले आफ्नो पार्टीले स्वदेशी विचारको राजनीति गर्ने जिकिर गर्दै भनेका छन्, ‘श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार, मौलिक पनको राजनीति गर्छ।’

    उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन्। ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन्। जो जोसँग मिले पनि हुन्छ। हामी कसैसँग मिल्दैनौं।’