राजनीतिमा ‘बाह्य चुनौती बढिरहेको छ, जसको सामना गर्नैपर्छ : योगेश भट्टराई - Chaitanya News
  • 2026-06-23
  • 08:37:44
  • मंगलबार,आषाढ ०९, २०८३
  • राजनीतिमा ‘बाह्य चुनौती बढिरहेको छ, जसको सामना गर्नैपर्छ : योगेश भट्टराई

    राजनीतिमा ‘बाह्य चुनौती बढिरहेको छ, जसको सामना गर्नैपर्छ : योगेश भट्टराई

    काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन्।

    आज (आइतबार) सामाजिक सञ्जालमार्फत आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन्।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ। जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन। आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनतका एजेन्डा बोकौं।’

    उनले अगाडि बनेका छन्, ‘विगतका कमजोरीप्रति आत्मालोचित होऔं। विनम्र बनौं। कार्यशैली सुधार गरौं।’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।