काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच सात बुँदे सम्झौता भएको छ।
उनीहरुबीच आज बिहान करिब चार बजेतिर सहमति पत्रमा हस्ताक्षर भएको थियो। सम्झौता समारोहमा दुवै पक्षका एक दर्जनजति व्यक्तिहरू उपस्थित थिए।
हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए। यसैगरी कुमार बेन, सुदिप ढकाल, जेन जेड युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेतलगायत पनि सो कार्यक्रमको साक्षी थिए।