निर्वाचन आयोगले भन्यो: समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं - Chaitanya News
  • 2026-05-07
  • 00:01:37
  • बुधबार,बैशाख २३, २०८३
  • निर्वाचन आयोगले भन्यो: समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं

    निर्वाचन आयोगले भन्यो: समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं

    काठमाडौं– निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको बताएको छ ।

    आज (शुक्रबार) निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्दै समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको बताएका हुन्।

    समानुपातिकतर्फको निर्वाचन तालिका हेरफेरबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रम संशोधन र परिवर्तन गर्ने पक्षमा आयोग छैन।’

    साथै, उनले अब निर्वाचन हुन्छ कि हुँदैन भनेर छलफल गर्नु आवश्यक नरहेको पनि बताए।

    हाम्रो डिस्नेरीमा अब निर्वाचन हुँदैन कि भन्ने शब्द छैन,’ भण्डारीले भने।

    ‘कहीँ कतैबाट कसैले पनि निर्वाचनमा भाग नलिने भनेको सुनिएको छैन। यसकारण निर्वाचनको विपक्षमा कोही पनि छैन,’ उनले भने।

    विगतमा भन्दा यसपटक निर्वाचन आचारसंहितामा कडाइ गर्न लागिएको उनको भनाइ छ।

    कतिपय दलले समानुपातिक तर्फको बन्द सुची पेस गर्ने समय थप गर्न माग गरेका छन्। यसअघि सर्वपक्षीय छलफलकै क्रममा नेपाली कांग्रेसले यस्तो माग राखेका थिए।

    आयोगको तालिकाअनुसार यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समय छ।