कांग्रेसको प्राथमिकता निर्वाचन हो : सभापति देउवा - Chaitanya News
  • 2026-05-07
  • 00:12:27
  • बुधबार,बैशाख २३, २०८३
  • कांग्रेसको प्राथमिकता निर्वाचन हो : सभापति देउवा

    कांग्रेसको प्राथमिकता निर्वाचन हो : सभापति देउवा

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन्।

    आज (शुक्रबार) सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन्।

    ‘नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै हो’, देउवाको भनाइ उद्धृत सञ्चारमन्त्री निकट गर्दै स्रोतले भन्यो, ‘तर सरकारले चुनाव हुने वातावरण बनाउनुपर्छ।’

    जवाफमा मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए।

    नेपाली कांग्रेसका सांसदहरुले संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएपछि कांग्रेस पनि एमालेकै कित्तामा उभिएको हो कि भन्ने प्रश्न उठ्न पुगेको थियो।

    नेकपा एमालेले निर्वाचनको वातावरण नभएको भन्दै संसद पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दिएको थियो। तर, एमालेले सर्वोच्चको फैसला स्वीकार गर्ने बताउँदै आएको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको छ।