काठमाडौँ– जेन जेड अगुवा रक्षा बमको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जेन जेड आन्दोलनका अगुवाहरूसँग छलफल गरेका छन्।
आज (बिहीबार) रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँगको छलफल पछि ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरमा केहीबेर अघिमात्रै बालेनले कुराकानी गरेका हुन् ।
मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन्। आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन्। बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन्।