प्रतिनिधि सभा चुनावका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट ‘प्रचण्ड’को नाम सिफारिस - Chaitanya News
  • 2026-05-07
  • 01:10:26
  • बुधबार,बैशाख २३, २०८३
  • प्रतिनिधि सभा चुनावका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट ‘प्रचण्ड’को नाम सिफारिस

    प्रतिनिधि सभा चुनावका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट ‘प्रचण्ड’को नाम सिफारिस

    सुनसरी– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ

    बुधवार बसेको क्षेत्रीय कमिटी बैठकले दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम सिफारिस गरेको हो।

    यस्तै, समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिए।

    उनका अनुसार बिहीबार जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याइ केन्द्रमा सिफारिस गरिनेछ।