सर्वोदय पार्टी र कुलमानको पार्टीबीच तीन बुँदे सहमतिसहित चुनावी एकता घोषणा - Chaitanya News
  • 2026-04-28
  • 10:17:15
  • मंगलबार,बैशाख १५, २०८३
  • सर्वोदय पार्टी र कुलमानको पार्टीबीच तीन बुँदे सहमतिसहित चुनावी एकता घोषणा

    सर्वोदय पार्टी र कुलमानको पार्टीबीच तीन बुँदे सहमतिसहित चुनावी एकता घोषणा

    काठमाडौँ– ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता भएको छ।

    डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर दीपक साहले हालै गठन गरेको सर्वोदय पार्टी कुलमानको कित्तामा आइपुगेका हो।

    दुई पार्टीबीच चुनावी एकता गर्न तीन बुँदे सहमति भएको छ।

    आगामी निर्वाचनमा चुनाव चिन्ह बलेको चिम प्रयोग गर्ने, घोषणापत्र संयुक्त रूपमा तयार गर्ने, नयाँ शक्तिहरूबीचको एकताको बाटोलाई खुला राख्ने सहमति भएको छ।