काठमाडौँ– नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५१/०८१-८२ (खुला) प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।
यस्तै, लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी) प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
![]()
![]()
![]()