अधिकृत स्तर सातौँ तहमा बढुवाका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-04-28
  • 16:35:53
  • मंगलबार,बैशाख १५, २०८३
  • अधिकृत स्तर सातौँ तहमा बढुवाका लागि दरखास्त आह्वान

    अधिकृत स्तर सातौँ तहमा बढुवाका लागि दरखास्त आह्वान

    काठमाडौँ– मधेश प्रदेश लोक सेवा आयोगले अधिकृत स्तर सातौँ तहमा बढुवाको लागि दरखास्त आह्वान गरेको छ।

    आज (मंगलबार) आयोगले स्थानीय सेवा अन्तर्गत अप्राविधिक तथा प्राविधिक तर्फको अधिकृत स्तर सातौँ तहका पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान गरेको हो।

    निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खुलाई दरखास्त दिन सक्ने आयोगले जनाएको छ।