शाखा अधिकृतमा सिफारिस उम्मेद्वारलाई चैतन्यको बधाई - Chaitanya News
  • 2026-04-28
  • 19:47:31
  • मंगलबार,बैशाख १५, २०८३
  • शाखा अधिकृतमा सिफारिस उम्मेद्वारलाई चैतन्यको बधाई

    शाखा अधिकृतमा सिफारिस उम्मेद्वारलाई चैतन्यको बधाई

    काठमाडौं– लोकसेवा आयोगको प्रतिस्पर्धामा सहभागी भएर नाम निकाल्न सफल उम्मेद्वारहरूलाई काठमाडौंको शङ्खमुलस्थित चैतन्य एकेडेमीले सम्मान गरेको छ।

    विगत १२ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको यो ३७औं शृङ्खलाको हो। एकेडेमीले एक समारोहबीच बुधबार बधाई तथा शुभकामना प्रदान गरिएको हो।

    लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव गोपीनाथ मैनाली, पूर्व सहसचिव प्रतिक ढकाल, उपसचिव पर्शुराम पोखररेल, उपसचिव विजय कुमार शर्मा, उपसचिव हरि चन्द्र जोशी, उपचिव भुवन भट्ट, उपचिव मधुसुधन भट्टराई र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले खादामाला र टीका लगाएर उनीहरूलाई बधाई ज्ञापन गरेका थिए।

    चैतन्यले विगत लामो समयदेखि खरिदारदेखि सहसचिवसम्म लेकसेवा आयोगबाट सिफारीस हुनेहरूलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यसै कार्यक्रमको निरन्रता स्वरुप यही मंसिर २४ गते हालै लोकसेवा आयोगबाट शाखा अधिकृतमा सिफारीस भएकाहरूलाई एक समारोहबीच सुभकामना तथा बधाई प्रदान गरेको हो।

    सहसचिव, उपसचिव, शाखाअधिकृत, स्वास्थ्य सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिङलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सहभागी अधिकृतहरूले चैतन्यको उक्त कार्यको प्रशंसा गरेका थिए। उनीहरूले चैतन्यले व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको र यसले उतप्रेणीत गर्ने, उत्साहा थप्न मदत पुर्ने उनीहरूको विश्वास थियो।

    आफ्नो सफलतामा चैतन्यको ठूलो भूमिका रहेको उनीहरूले बताएका थिए। चैतन्यको उत्कृष्ट व्यवस्थापन र उत्कृष्ट गुणस्तरले नै उत्कृष्ट नतिजा दिन सफल भएको उनीहरूको भनाइ थियो।

    तयारी कक्षामा हामीले केवल परीक्षामा लेखिने प्रश्नको उत्तर मात्र नभई सार्वजनिक प्रशासनका बहुआयामीक पक्षहरूलाई स्थानीयदेखि विश्वव्यापीकरण भएका सैद्धान्तिक र व्यावहारिक पक्षहरू बुझ्ने अवसर प्राप्त गरेका छौं। चैतन्यले कक्षा सञ्चालन गर्दा यी विभिन्न पक्षमा ध्यान दिने गरेका छौं, कार्यक्रमका सहभागीहरूले भने ।

    चैतन्य एकेडेमीले लोकसेवा आयोग तयारी कक्षाका साथै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि, नीति निर्माण संगठनात्मक विकासका क्षेत्रमा विगत दश वर्षदेखि काम गर्दै आइरहेको छ। यस्तै चैतन्यले आर्थिक रुपमा कमजोर भएका विद्यार्थिहरुलाई निशुल्क शिक्षा दिदै आइरहेको छ ।

    आयोगका पूर्वअध्यक्ष मैनालीले देशको सार्वजनिक प्रशासनको भावी पुस्तालाई नैतिकवान्, चरित्रवान् र उच्च जिम्मेवारसहित देशको सार्वजनिक प्रशासनको छविलाई उचाइमा पुर्‍याउने काममा सक्रिय रहन सुझाव दिएका थिए। उनले आफ्ना प्रशासनका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि साटेका थिए मैनानीले उच्च मर्यादा र नैतिकतामा रहेर सेवा प्रवाह गर्न सुझाव दिएका थिए।

    यस्तै नेपाल सरकारका सचिव विजय शर्माले तैतिकता, निस्टा र उच्च मनोवलका साथ जिम्मेवारी बोध गरेर आदर्श र मुल्य मान्यतालाई आत्मासाथ गरेर जिम्मेवार रहँन भन्दै त्यहा उपस्थित सबैलाई सुझााव दिएका थिए। उनले कसैले पनि घमण्ड नगरेर सबैर्ला आफ्नो सरह सोचेर सेवा दिन पनि सुझाव दिएका दिए।

    चैतन्यले राष्ट्रको प्रथामिकताका एजेण्डामा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको सम्मेलन पनि आयोजना गर्दै आइरहेको छ।

    चैतन्यले कोरोना महामारीपछि लोकसेवाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मध्यनजर गर्दै प्रत्येक शनिबार निस्शुल्क रूपमा कक्षाहरू सञ्चालन गर्दै आएको छ ।

    हेर्नुहोस् तस्बिर: