1. नेपालको कुन संविधान ३ पटक संशोधन भएको थियो ?
A. नेपाल सरकारको वैधानिक कानून, २००४ B. नेपालको अन्तरिम शासन विधान, २००७
C. नेपालको संविधान, २०१९ D. नेपाल अधिराज्यको संविधान, २०४७
2. नेपालमा वातावरण सम्बन्धि विषय सर्वप्रथम कुन आवधिक योजनामा समावेश भएको थियो ?
A. पाँचौ B. छैटो C. सातौ D. आठौँ
3. संरक्षण क्षेत्र सम्बन्धि जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. अन्नपुर्ण 1. बर्दिया
b. कञ्चनजंघा 2. कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ
c. मनास्लु 3. बाँके
d. कृष्णसार 4. गोरखा
5. ताप्लेजुङ
A) a2,b1,c3,d5 B) a1,b5,c4,d3
C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
4. नेपाली साहित्यकार र प्रमुख कृतिहरु बिच जोडा मिलाउनुहोस् ।
साहित्यकार पुस्तक
a. माधव प्रसाद घिमिरे 1. कर्मणा
b. झमक कुमारी घिमिरे 2. आफ्नै बाँसुरी आफ्नै गीत
c. लक्ष्मी प्रसाद देवकोटा 3. मुकुन्द ईन्दिरा
d. बालकृष्ण सम 4. रावण जटायु युद्ध
A) a4,b1,c2,d3 B) a2,b1,c3,d4
C) a2,b1,c4,d3 D) a1,b2,c4,d3
5. १६ औ योजनाको अन्त्य सम्ममा नेपालमा बेरुजुलाई कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
A. ५ प्रतिशत B. ७ प्रतिशत C. ९ प्रतिशत D. ११ प्रतिशत
6.नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानीको स्वीकृति कुन निकायले दिने व्यवस्था छ ?
A.लगानी बोर्ड B) उद्योग मन्त्रालय C) औद्योगिक प्रर्वद्धन बोर्ड D) अर्थ मन्त्रालय
7.झाँगड जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
A. आग्नेली B. भोट–बर्मेली C. द्रविड D. भारोपोली
8. तल दिइएका भनाईहरु विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
i. पृथ्वीको सबैभन्दा लामो दिन – June 21
ii.पृथ्वीको सबैभन्दा छोटो दिन – Dec.22
iii.पृथ्वीमा दिन र रात बराबर हुने दिन – March 21
A. i, ii सही iii गलतB. i, ii, iii सही
C) i ,ii गलत iii सहि D) i, ii, iii गलत
9.सिम्री दह ताल सुर्खेत जिल्लामा पर्दछ भने रामसार ताल कुन जिल्लामा पर्दछ ?
A.तेह्रथुम B. नवलपुर C. रुपन्देही D. धनुषा
10. सर्वप्रथम क्यालेन्डर प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
A. डेनमार्क B. फ्रान्स C. चीन D. ईजिप्ट
11.नेपाल प्रजा परिषद्को स्थापना कहिले भएको थियो ?
A. वि.सं. १९९४ जेठ २० B. वि.सं. १९९३ मंसिर २०
C. वि.सं. १९९३ जेठ २० D. वि.सं. १९९५ जेठ २०
12.शक्तिशाली पासपोर्ट सूची २०२५ मा नेपाली कति औ स्थानमा रहेको छ ?
A) 102 B) 101 C) 98 D) 105
13. राष्ट्रिय कृषि गणना,२०७८ अनुसार तलका भनाईहरु विचार गर्नुहोस् ।
क) २०७९ बैशाख ६ देखि १९ सम्म सञ्चालन भएको ।
ख) कृषक परिवार ६२ प्रतिशत रहेको ।
ग) नारा : कृषि गणनाको सार, कृषि योजनाको पुर्वाधार रहेको ।
माथि दिइएका भनाईहरु कुन कुन ठीक छन् ।
A. क र ख B. क र ग C. ख र ग D. सबै ठीक
14. नेपालमा चिया खेतीको सुरुवात कहिले देखि गरिएको हो ?
A. वि.सं. १९१० B. वि.सं. १९१५ C. वि.सं. १९२५ D. वि.सं. १९२०
15. तलका समूह I र समूह II बीच जोडा मिलाउनका लागि कोडबाट सही उत्तर छान्नुहोस् ।
a. आसियानको सबैभन्दा ठुलो मुलुक (क्षेत्रफल) 1. म्यानमार
b. विमस्टेकको पहिलो सम्मेलन 2. बु्रनाई
c. आसियानको छैटो सदस्य 3. थाईल्याण्ड
d. सार्क पर्यवेक्षक राष्ट्र 4. ईण्डोनेसिया
A) a4,b1,c2,d3 B) a4,b3,c2,d1
C) a2,b1,c4,d3 D) a3,b4.c2,d1
16.राष्ट्रिय जनगणना, २०७८ अनुसार कति वटा जिल्लाको संख्या ऋणात्मक रहेको छ ?
A. ३० जिल्ला B. ३४ जिल्ला C. ३८ जिल्ला D. ४३ जिल्ला
17. तलका भनाईबारे विचार गर्नुहोस् ।
क) संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा बढी बोल्ने व्यक्ति क्यास्ट्रो हुन् ।
ख) संयुक्त राष्ट्रसंघको हाल निश्त्रिय अंग जिम्मा जमानी परिषद हो ।
A. १ मात्र ठीक B. २ मात्र ठीक C. दुबै ठीक D. दुबै बेठिक
18. सार्क राष्ट्रहरु मध्ये सबैभन्दा पछि नेपाल सँग कुटनैतिक सम्बन्ध स्थापित भएको मुलुक कुन हो ?
A. अफगानिस्तान B. पाकिस्तान C. श्रीलंका D. भुटान
19. हिन्द महासागरको बारेमा अध्ययन गर्नुहोस् र कोडबाट गलत भनाई छान्नुहोस् ।
१) यो महासागरमा आउने सामुद्रिक आँधीलाई ऋथअयिलभ भनिन्छ ।
२) हिन्द महासागर तेस्रो ठूलो महासागर हो ।
३) मरियाना ट्रेञ्च हिन्द महासागरको सबैभन्दा गहिरो ठाउँ हो ।
४) ‘तातो महासागर’ को उपनामले चिनिन्छ ।
A. १ र २ गलत B. २ र ४ गलत C. ३ मात्र गलत . १, २ र ३ गलत
20.निम्न राष्ट्रहरुमध्ये सन्डरल्याण्ड झरना कुन राष्ट्रमा पर्दछ ?
A. न्युजिल्याण्ड B. स्वीट्जरल्याण्ड C. आयरल्याण्ड D. इंगल्याण्ड
1. C 11. C
2. D 12. B
3. D 13. D
4. C 14. D
5. A 15. B
6. C 16. B
7. C 17. C
8. B 18. D
9. D 19. C
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 422