काठमाडौँ– प्रशासन सेवाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज (आइतबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सुचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाका आ.प्र.र खुला तथा समावेशी तर्फका विभिन्न (वि.नं.,समूह–उपसमूह र पद), तह ७ को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।