सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह - Chaitanya News
  • 2026-05-28
  • 16:53:22
  • बिहिबार,जेठ १४, २०८३
  • सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

    सगरमाथा पदमार्गमा पहिरो, सुरक्षित रहन पदयात्रीलाई आग्रह

    काठमाडौं– सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ।

    नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन ९टान० ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

    टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। मूल बाटोभन्दा २ः३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ।

    संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।