ओल्के पर्व र यसको महत्व - Chaitanya News
  • 2026-05-25
  • 04:38:47
  • आइतबार,जेठ १०, २०८३
  • काठमाडौं– सुदूरपश्चिम प्रदेशमा  आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँएको छ। ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

    यसका साथै बिहानै धुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ। वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा पहाडी क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको छ। यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ।

    धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई पहाडी भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छ । यस पर्वलाई  सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाइन्छ । , “ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका मुख्य विशेषता हो, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्र नभई संस्कृति, परम्परा र आस्थाका रूपमा पनि चिनिन्छ।”

    ओल्के पर्वलाई सम्मान र सद्भावनाको पर्व मानिन्छ । यो पर्वलगत्तै दशै, तिहार जस्ता ठुल्ठूला चाड आउने भएका कारण यसलाई पर्वको सुरुवातका रुपमा लिइन्छ ।

    कृष्ण भगवानले राक्षसी पुतनाको विनास गरेपछि असत्य माथि सत्यको जित भएको खुशीयालीमा ओल्के पर्व मनाउन थालिएको धार्मिक मान्यता छ। त्यस्तै  वर्षायाम्मा दादुरा, झाडापखला, हैजा र लुतोजस्ता रोग लाग्ने भएकाले ति रोगबाट बाँचिएको खुशी साँट्न पनि ओल्के पर्व मनाइने भनाई छ।

    ओल्के सुदूरपश्चिममा मनाइँदै आएको पुरानो पर्व हो । यो पर्वमा मान्यजनलाई सगुन दिने प्रचलन रहेको छ । ‘ओल्केमा आफूभन्दा ठूला व्यक्तिलाई सगुनको रुपमा कर्कलो, काँक्रो, दही, दुध, मासुको डुब्का, फाडोभात, भक्के रोटी र हरियो साग दिइन्छ,’।

    घरपरिवारबाट टाढा भएका व्यक्तिहरुलाई ओल्के पर्वले नै परिवार नजिक ल्याउँछ , आपसी माया र सद्भाव साट्ने अवसर जुराउँछ।

    दशै तिहारमा जस्तै सुदूरपश्चिममा ओल्के पर्वमा पनि पिङ खेलिन्छ । ‘आजकै दिनमा पहाडी क्षेत्रमा सल्ला र तराई क्षेत्रमा बाँसको लिंगो गाड्ने चलन रहेको छ । गाडेको लिंगोलाई असोज १ गते गाउँभरिका मानिस जम्मा भएर जलाउने चलन छ, जसलाइ बुढी पोल्नु पनि भनिन्छ,।

     पछिल्लो समय ओल्केको मान्यता घट्दै :

    तर पछिल्लो समय ओल्क पर्वको महत्व र मान्यता क्रमशः घट्दै गएको स्थानीयहरु बताउँछन् । बसाइँसराई  र पाश्चात्य संस्कृतिको प्रभावले गर्दा ओल्के पर्वको महत्व घट्दै गइरहेको छबिस पाथिभेरा गाउँपमलिकाका एक स्थानीयले बताए।

    उसो त पछिल्लो केही वर्ष यता सुदुरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको महत्वलाई बुझेर प्रदेशभरी सार्वजनिक बिदा दिने गरेको छ । सार्वजनिक बिदा दिँदा सस्कृती जोगाउँनुपर्छ भन्ने भावना विकास हुन्छ भने अर्कातिर नयाँ पिढीले ओल्केको महत्व बुझ्ने संस्कृतिविद् बताउँछन्।

    ‘संघियता र प्रदेश सरकार गठित हुनुको मुख्य उदेश्य पहिचानका लागि हो,’, ‘पहिचान भनेको भाषा, कला, साहित्य र सस्कृती हो । हाम्रो भाषा नै रहेन भने त्यो संघियताको के अर्थ,’  नयाँ पिढीलाई संस्कृतिको बारेमा जानकारी गराउन विद्यालय तहको पाठ्यपुस्तकमै  समावेश गर्नुपर्छ ।