एनपीएल: लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली - Chaitanya News
  • 2026-06-06
  • 20:05:13
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

    एनपीएल: लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

    लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।

    लुम्बिनी यसअघि नै लिगबाट बाहिरीसकेको छ। कर्णालीका लागि भने आजको खेल महत्त्वपूर्ण हुनेछ।

    अंक तालिकाको चौथो स्थानमा रहेको कर्णालीले आजको खेल जितेको खण्डमा प्लेअफ सम्भावना बलियो हुनेछ।