प्रश्न: सर्वोच्च लेखा परीक्षण संस्थाका कार्य स्वायत्तताका आधार औल्याउनुहोस् । नेपालमा ती स्वायत्तताको अवलम्वन कसरी गरिएको छ ? के ती पर्याप्त छन् ? विवेचना गर्नुहोस् । (५+५) १०
उत्तरः
- लोकतन्त्रमा सार्वजनिक स्रोत साधनको अभ्यास संवेदनशील मानिन्छ । त्यसैले आर्थिक कारोवारमाथि जनताको विश्वास रहनु पर्दछ ।
- विश्वका सबै लोकतान्त्रिक मुलुकमा सार्वजनिक आम्दानी र खर्च जस्ता वित्तीय कारोवार र सम्पत्ति तथा दायित्वको परीक्षण गर्न सर्वोच्च लेखा परीक्षण निकायको व्यवस्था गरिन्छ ।
- सर्वोच्च लेखा परीक्षण निकायलाई संवैधानिक शक्ति दिइएको हन्छ, ता कि संवैधानिक आशय र संसदीय स्वीकृतिमा आर्थिक कारोवार भए नभएको परीक्षण गर्न सकियोस् ।
- सर्वोच्च लेखा परीक्षण निकायले आर्थिक कारोवारको परीक्षणका सम्बन्धमा संसदको आँखा र कानको रुपमा काम गर्दछ । यो विशिष्ठ ज्ञान र पेशागत स्वयत्तता भएको शक्तिमान निकाय हो ।
- सर्वोच्च लेखा परीक्षण निकायको प्रमुख पदाधिकारीको नियुक्तिका लागि पनि विशेष प्रावधान राखिएका हुन्छन्, योग्यता पनि विशेष कायम गरिएको हुन्छ ।
- यस्ता निकायलाई काम गर्ने स्वयत्त आधार र अन्तराष्ट्रिय मूल्य मान्यता र असल अभ्यासलाई अपनाउने स्वतन्त्रता दिइएको हुन्छ । लेखा परीक्षणको अवधि तथा कार्यक्षेत्र निरुपण गर्ने स्वायत्त आधार दिइएको हुन्छ ता कि सरकारी स्रोत साधनको अभ्यासलाई निष्पक्ष तथा स्वतन्त्र रुपमा परीक्षण गर्न सकियोस् ।
- विश्वका सर्वोच्च लेखा परीक्षण निकायहरु प्रमुखतः तीन ढाँचामा देखिन्छन्:
– वोर्ड ढाँचा (Board Model)
– दालत ढाँचा (Court model)
– संसदीय ढाँचा (Parliamentary model)
- नेपालमा संसदीय ढाँचाको लेखा परीक्षण निकाय छ ।
- संविधानको भाग २२, धारा २४० मा महालेखा परीक्षकको व्यवस्था र धारा २४१ मा महालेखा परीक्षकको काम कत्र्तव्य र अधिकार उल्लेख छ ।
- महालेखा परीक्षकको नियुक्ति: धारा २८४ अनुरुपको संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने ।
- महालेखा परीक्षकको पदावधि ६ बर्षको हुने ।
- महालेखा परीक्षकमा नियुक्तिका लागि आवश्यक योग्यता:
– मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा लेखामा स्नताक
– चार्टर्ड एकाउन्टेन्ट वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा २० वर्षको अनुभव
– कनै राजनैतिक दलको सदस्य नभएको
– पैतालिस बर्ष उमेर पूरा भएको
– उच्च नैतिक चरित्र भएको ।
- महालेखा परीक्षक भैसकेको व्यक्ति अन्य पदका लागि नियुक्तिका लागि ग्राह्य हुनेछैन ।
- महालेखा परीक्षकको काम, कत्र्तव्य तथा अधिकार:
– राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय वा सोको कार्यालय, अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सबै सङ्घीय र प्रदेश सरकारी कार्यालयको लेखा कानून बमोजिम नियमिमता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको समेत विचार गरी लेखा परीक्षण गर्ने । (१)
– पचास प्रतिशतभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएको सङ्गठित संस्थाको लेखा परीक्षणका लागि लेखापरीक्षक नियुक्ती गर्दा महालेखा परीक्षकसँग परामर्श गरिने छ । यस्ता संस्थाको लेखा परीक्षण गर्दा अपनाउनुपर्ने सिद्धान्तका सम्बन्धमा महालेखा परीक्षकले आवश्यक निर्देशन दिन सक्ने । (२)
– महालेखा परीक्षकलाई उपधारा (१) बमेजिमको कामका लागि लेखासम्बन्धी कागजात जुनसुकै बखत हेर्न पाउने अधिकार हुनेछ ।
– उपधारा (१) बमोजिम लेखा परीक्षण गरिने लेखा सङ्घीय कानून बमोजिम महालेखा परीक्षकले तोकको ढाँचामा हुने ।
– सङ्घीय कानूनअनुरुप महालेखा परीक्षकबाट लेखा परीक्षण गरिने अन्य कार्यालयहरु तोक्न सकिने ।
- नेपालमा महालेखा परीक्षकलाई लेखा परीक्षणको कार्यविधि, तरिका तथा सयम तोक्ने अधिकार दिइएको छ । जसका कारण लेखा परीक्षणमा व्यावसायिक स्वायत्तताको उपयोग गर्न सकिन्छ ।
– लेखा परीक्षण सम्बन्धी तरिका: यी कार्यमा मलेपको अधिकार रहने
– आर्थिक कारोवार सँग सम्बन्धित क्रियाकालपको एक एक गरी वा, बीच बीचमा छड्के गरी वा, केही प्रतिशत मात्र गर्ने गरी:
– क्षेत्र, तरिका, अवधि तोकी लेखा परीक्षण गर्न
– प्राप्त तथ्य दर्शाउन
– विवेचना आलोचना गर्न
– राय सहित प्रतिवेदन गर्न ।
- संवैधानिक प्रावधान तथा कानूनी आधार विश्लेषण गर्दा महालेखा परीक्षकलाई कार्यस्वत्तता दिइएको छ, जसका आधारमा निजबाट लेखा परीक्षणलाई निष्पक्ष, स्वतन्त्र र व्यावसायिक बनाउन सक्छ । त्यस्तै छुट्टै विशेषीकृत सेवाका कमचारीहरु रहने र महालेखा परीक्षकले कार्यसम्पादनका सिलसिलामा आवश्यक विज्ञ सेवा लिन सक्ने, लेखा परीक्षकलाई निर्देशन दिन सक्ने र लेखा परीक्षणबाट औल्याइएका बेरुजुहरुका सम्बन्धमा सम्वद्ध निकायका प्रमुखहरुलाई निर्देशन दिन सक्ने अधिकार समेत दिइएको छ । यी आधारमा सर्वोच्च लेखा परीक्षण निकायका अन्तराष्ट्रिय मान्यता र प्रचलनहरु नेपालको सन्दर्भमा अभ्यासमा छ ।
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 571