लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 13:41:43
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. युरेनियमको लागि प्रसिद्ध – चमेलिया नदीको किनार
    २. जस्ताको लागि प्रसिद्ध स्थान – गणेश हिमाल
    ३. म्याग्नेसाईटका लागि प्रसिद्ध स्थान – दोलखा
    A. १ मात्र सहि              B. २,३ मात्र सहि            C. सबै सहि                     D. १,३ मात्र गलत

    2.जोडा मिलान गरी सहि कोड छनोट गर्नुहोस् ।
    जाति लगाउने पहिरन
    a. धिमाल        1. वोना
    b. सतार         2. पान्देन
    c. ब्याँसी         3. पालाहान्दा
    d. शेर्पा           4. चुङवाला
    A) a4,b1,c2,d3          B) a4,b1,c2,d3         C) a2,b1,c3,d4         D) a3,b1,c2,d4

    3.निम्न कथनहरुबारे विचार गर्नुहोस् र सहि विकल्प छनौट गर्नुहोस् ।
    १. उद्योग क्षेत्रमा बलयुक्त काम गर्ने कामदारलाई नीलपेशी (blue-collar) भनिन्छ ।
    २. सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको एकमात्र विभाग निजामती किताबखाना हो ।
    A. दुबै सहि            B. १ सहि २ गलत           C. २ सहि १ गलत              D. दुबै गलत

    4. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. सार्क उर्जा केन्द्र पाकिस्तानमा रहेको छ ।
    २. एडम्स पिक श्रीलंकामा पर्दछ ।
    ३. सार्क अभिलेख केन्द्र भारतमा रहेको छ ।
    A. १,२ मात्र सहि            B. सबै सहि            C. २,३ मात्र सहि               D. सबै गलत

    5.साहित्यिक पत्रकार सङ्घले ‘व्यथित काव्य, २०८१’ को सम्मान कसलाई प्रदान ग¥यो ?
    A. कवि मणि लोहनी            B. कवि श्रवण मुकारुङ,           C. कवि कृसु क्षेत्री           D.कवि गीता कार्की

    6.नेपाल–भारत वाणिज्य सन्धि तथा अनाधिकृत व्यापार नियन्त्रण सम्झौतामा नेपालबाट हस्ताक्षर गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री को थिए ?
    A.रमेश रिजाल               B. गणेशमान सिंह              C. दामोदर भण्डारी                  D. राजेन्द्र महतो

    7. बेलायत सरकारको सहयोगमा सञ्चालित नेपालको पहिलो फर्पिङ जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
    A. ५०० किलोवाट            B.७०० किलोवाट              C. ८०० किलोवाट                   D. ९०० किलोवाट

    8.तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    आविष्कार              आविष्कारक
    1. स्टीक इन्जिन – जर्ज इष्टमेन
    2. सिनेमास्कोप – हेनरी चे्रटिन
    3. लाउड स्पीकर – थामेस अल्वा एडिसन
    A. सबै सहि               B. १,३ सहि २ गलत            C. सबै गलत            D. २,३ सहि १ गलत

    9.तल दिइएका जोडा मध्ये कुन गलत छ ?
    शास्त्र                      अध्ययन
    A अर्निथोलोजी – पंक्षीहरुको बारे अध्ययन गर्ने
    B. अप्टिक्स – प्रकाश बारे अध्ययन गर्ने
    C. ओस्टेलोजी – हाडहरुको अध्ययन गर्ने
    D. प्याथालोजी – मानव मतिष्क तथा खप्परको अध्ययन गर्ने

    10. तलका भनाई विचार गर्नुहोस् ।
    १. एसिसि महिला एसिया कप टी – 20 क्रिकेट प्रतियोगिता 2024 को उपाधि श्रीलंकाले जितेको हो ।
    २. विम्बल्डन 2024 पुरुष एकल तर्फको उपाधि स्पेनका Carlos Alcaraz ले जितेका हुन ।
    A.१ मात्र ठिक            B. दुबै ठिक                 C. २ मात्र ठिक                 D. दुबै बेठिक

    11. १६ औ योजनाले योजनाको अन्त्य सम्म बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार कति पु¥याउने लक्ष्य लिएको छ ?
    A) 85                    B) 90                             C) 70                             D) 95

    12. नेपालको जीवनस्तर सर्वेक्षण 2022/2023अनुसार नेपालको साक्षरता दर कति पुगेको छ ?
    A) 71.4%            B) 80.4%                         C) 77.4%                    D) 75.3%

    13.तल दिइएका जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
    a. शुक्लाफाटा राष्ट्रिय निकुञ्ज 1. घडियाल गोही
    b. चितवन राष्ट्रिय निकुञ्ज 2.बाह्रसिंहा
    c. बर्दिया राष्ट्रिय निकुञ्ज 3. फिस्टे चरा
    d.मकालु बरुण राष्ट्रिय निकुञ्ज 4.कृष्णासार
    A) a1,b3,c2,d4            B) a4,b3,c1,d2           C) a2,b2,c4,d3                 D) a4,b3,c1,d2

    14. Miss Inter Continental Nepal, 2024 को उपाधि जित्ने सुन्दरी को हुन ?
    A) Aayushnova Dhungana         B. सेनिस पलासियोस         C. करुणा रावत         D. आशा कुमारी के.सी

    15. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका पछिल्ला देशहरु वीच कुन जोडा गलत छ ?
    A. १८२ औ – टोगो                   B. १८१औ – मार्शल आईशल्याण्ड
    C. १८० औ – क्यामरुन            D. १७९ औ – मलावी

    16.कानूनको शासन सूचकांक, २०२३ अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?
    A. ७६ औ                 B. ७४ औ                 C. ९३ औ                D. ७१ औ

    17.असंग्लन राष्ट्रको १९ औ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
    A. सन् २०२४ मार्च १९ र २० मा युगाण्डा             B. सन् २०२४ मे १९ र २० मा युगाण्डा
    C. सन् २०२४ अप्रिल १९ र २० मा युगाण्डा         D. सन् २०२४ जनवरी १९ र २० मा युगाण्डा

    18. नेपालको वर्तमान संविधानको धारा २८४ मा के व्यवस्था गरिएको छ ?
    A. न्याय परिषद                           B. संवैधानिक परिषद
    C. निर्वाचन क्षेत्रनिर्धारण आयोग   D. राष्ट्रिय सुरक्षा परिषद

    19.नेपालका आधुनिक परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ ?
    A. सरदार यदुनाथ खनाल          B. राजा विरेन्द्र         C. राजा महेन्द्र                D. जङ्गबहादुर राणा

    20. निम्न कथनहरुबारे विचार गर्नुहोस् र सहि विकल्प छनौट गर्नुहोस् ।
    १. पानी नपरेमा देवताको मन्दिरमा फोहोर गरिदिने, यसो गरेमा देवता रिसायर पानी पारिदिने जनविश्वास रहेको जाति व्याँसी÷टिंकरी हुन् ।
    २. ससुरा मर्दा बुहारी समेत विधुवा हुने संस्कार सतार जातिमा रहेको छ ।
    ३. राजवंशी (कोचे) जातिहरु नयाँ वर्षको रुपमा वैशाख १ र २ गते सिरुवा पर्व मान्दछन् ।
    A. सबै सहि               B. १,३ सहि २ गलत              C. २ र ३ सहि १ गलत                 D. २,३ सहि १ गलत

    उत्तरहरुः
    1. C      11. A
    2. C     12. C
    3. A     13. C
    4. B     14. A
    5. A     15. D
    6. D    16. D
    7. A     17. D
    8. D    18. B
    9. D    19. C
    10. B   20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100